Spread the love

लेट्स गो मीडिया प्रालि/काठमाडौँ

जेष्ठ २५ शुक्रबार देखि थापागाउँस्थित कुञ्ज थिएटरमा बाल नाटक ‘हिरोज् डोन्ट कम’ मंचन भैरहेको छ । यो नाटक हिरो बन्नका लागि प्रेरित गर्ने र वास्तविक हिरोको परिभाषामा जोड दिने नाटक हो ।

“लालाबाला” नाम गरेको अभिनय कक्षाको ६ महिने तालिम पश्चात् तयार गरिएको सो नाटकमा विभिन्न उमेर समुहका विभिन्न स्कुलका बिद्यार्थी कलाकारहरुले अभिनय गरेका छन् ।। बालबालिकाको अभिनयकला निखारेर नाटक तथा फिल्महरुका लागि पनि कलाकार उत्पादन गर्ने लक्ष्यसहित सुरु गरिएको “लालाबाला” को पहिलो ब्याच मञ्चमा उत्रिएको हो भने दोस्रो ब्याच सुरु हुँदैछ । अभिनय कक्षाका साथै निकट भविष्यमै बाल कलाकारहरूका लागि एकल अभिनय प्रतियोगिता अायोजना गर्ने तयारी पनि अन्तिम चरणमा छ । “सुरुवाती चरणमै धेरै बालकलाकारहरूमा अभिनयको भविष्य दर्शक अाफैँले देखिसकेका छन र अाधा दर्जन विभिन्न अन्तर्राष्ट्रिय नाटक महोत्सवहरूमा समेत सहभागी गराउने तयारी अन्तिम चरणमा छ” प्रशिक्षक तथा लालाबालाका संयोजक टंक चौलागाईं बताउँछन् ।

 कुञ्ज थिएटरमा बाल नाटक ‘हिरोज् डोन्ट कम’ मंचन हुदै

प्रकेश सिन्धुलीयको लेखन तथा निर्देशन रहेको नाटकको कथा सामान्य तर रोचक र सन्देशपरक छ ।
“बालनाटकहरु धेरै हेरे तर यो नाटक उत्कृष्ट लाग्यो नाट्य कर्मी परिक्षित बिक्रम राणाले बताए । राणा भन्छन् म आफैमा पनि नाट्य शिक्षक हुँ र बालबालिकाबाट यति धेरै कला निकाल्नु सहज कुरा होईन, निर्देशक सिन्धुलीयको धेरै ठूलो परिश्रम “हिरोज् डोन्ट कम” नाटक हेर्नेहरुले देख्न सक्छन् “।।

“बालबालिकालाई आफैँले परिश्रम गरेर पत्ता लगाएको कुनैपनि तथ्य कुराहरु जिवन्त भएर उनीहरुको मस्तिष्कमा रहने जुगल स्कुलका शिक्षक सुमन केसीले नाटक हेरेपछि बताए” ।बरिष्ठ रङ्गकर्मी रामबाबु रेग्मीले नाटक हेरिसकेपछि यसरी प्रतिक्रिया दिएका छन् ।

” Hero’s donot come एउटा बालबालकाहरूकाे मनाेवज्ञानलाई सम्वाेधन गर्ने नाटक हाे । अाजकलका बालबाबलिकाहरू युटुव र टिभि हेरेर धेरै सिकिरहेका हुन्छन् । याे नाटक हेरि सकेपछी बालबालिकाहरूले अाफु कसरि हिराे बन्न सकिन्छ भनेर खाेज्न थालेमा नाटककाे सफल पक्ष मान्नु पर्छ । बालबालिकाले अाज सजाएका सपना भाेलिकाे नेपाल हुन्छ ।त्यसलाई नाटकले अाम दर्शकमा ल्याउने काेशिस गरेकाे छ ” ।

 कुञ्ज थिएटरमा बाल नाटक ‘हिरोज् डोन्ट कम’ मंचन हुदै
समग्रमा कलाकारले नाटकको जीवनलाई रहरलाग्दो बनाएका छन् । मञ्च साजसज्जाभन्दा बालबालिकाको प्रस्तुति र विषयवस्तुमा बढी ध्यान दिइएको सो नाटकमा लेखक तथा निर्देशक सिन्धुलीयको मेहनतको दर्शकले खुलेरै प्रशंसा गरेका छन् ।
केही काल्पनिक रोमाञ्चक घटनाहरू समेत समेटिएको नाटकको विषयवस्तु यथार्थवादी छ, त्यसैले विम्ब सीमित देखिन्छन्, तर जति प्रयोग गरिएका छन्, ती प्रभावशाली छन् जसले गर्दा दर्शकको बाल मस्तिष्क मात्र हैन वयस्क मस्तिष्कमा समेत बलियो प्रभाव पर्छ ।

यो नाटक असार ४ गतेसम्म प्रत्येक दिन दिउँसो १ बजे र शुक्रवार अतिरिक्त शो ११ बजे कुञ्ज थिएटरमा मञ्चन हुने जानकारी लेखक तथा निर्देशक प्रकेश सिन्धुलीयले दिएका छन् ।