Spread the love

 

सीताराम चौधरी
चन्द्रौटा(कपिलवस्तु), ११ मंसिर ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ लाई एक कार्यक्रमका बीच खुल्ला दिसामुक्त वडा घोषण गरिएको छ ।
वडाभित्रका १५सय ४९ घरधुरीमा शौचालय निर्माण तथा प्रयोग, वडाबासीको आनीबानीमा परिवर्तन आएपछि वडालाई खुल्ला दिसामुक्त वडा घोषणा गरिएको हो । वडाध्यक्ष जगतबहादुर घर्ती क्षेत्रीले प्रतिवेदन प्रस्तुत गर्दै सिंगो वडालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको जानकारी गराए । “शिवराज १ को पहिचान, खुल्ला दिसामुक्त तथा पूर्ण सरसफाई अभियान” भन्ने मूल नारासहित वडाबासी सम्पूर्णको घरमा शौचालय निर्माण र प्रयोग भएको तथा स्वास्थ्य र सरसफाईमा आनीबानी परिवर्तनमा वडाध्यक्ष घर्तीक्षेत्रीले प्रतिबद्धता जनाएपछि सबैले ताली बजाएर समर्थन जनाए ।
नगरपालिकाले जनप्रतिनिधि पाएपछि “खुला दिसामुक्त गर्नु छ, सन् २०१७भित्र सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व” भन्ने नाराका साथ २०७४ साउन ९ गते आठ बुँदे घोषणा पत्र जारी गर्दै एम–वास–सीसी ९ः(ध्ब्क्ज्(ऋऋ० र २०७४ भदौ २१ गते डब्लु–वास–सीसी ९ध्(ध्ब्क्ज्(ऋऋ० गठन गरी अभियानको थालनी गरिएको थियो । अभियानको शुरुवातअघि कूल घरधुरी १५सय ४९ मध्ये ११सय ५४ घरधुरी अर्थात ७४ प्रतिशत शौचालय निर्माण भएको थियो । अभियानको शुरुवातसँगै चार महिनामा वडाका शतप्रतिशत घरधुरीमा शौचालय निर्माण र प्रयोग तथा आनीबानीमा परिवर्तन आएको वडाध्यक्ष जगतबहादुर घर्ती क्षेत्रीको दाबी छ ।
खुल्ला दिसामुक्त घोषणा कार्यक्रमका बीच वडाध्यक्ष घर्तीक्षेत्रीले आगामी दिनमा वडालाई पूर्ण सरसफाई, बालमैत्री, पूर्ण साक्षर, पूर्ण खोप र सम्पूर्ण गाउँटोलमा शुद्ध खानेपानीको व्यवस्थालाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रमका प्रमुख अतिथि शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले खुल्ला दिसामुक्त वडा घोषणाले सभ्यताको सोच थपिएको बताए । साथै उनले वडा नम्बर १ लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्नमा अहम भूमिका खेल्ने वडाध्यक्षसहित सम्पूर्णलाई धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत, इलाका प्रशासन कार्यालय चन्द्रौटाका निमित्त प्रमुख जगदीश अर्याल, जिल्ला खानेपानी तथा सरसफाई कार्यालयका प्रमुख कैलास नायक, समाजसेवी क्षेत्रबहादुर जिसी, छन्दबहादुर सिंह जि.सी., वडाप्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराई, शिवपुर स्वास्थ्य चौकीका पूर्व ईन्चार्ज द्रोण प्रसाद बेल्बासे लगायतले सबैको अथक प्रयासले मात्र सम्भव भएकोमा शुभकामना दिंदै यसलाई घोषणामा मात्र सीमित नभई कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव दिएका थिए ।
वडालाई खुल्ला दिसामुक्त घोषणासँगै जिल्ला खानेपानी तथा सरसफाई कार्यालय कपिलवस्तुका प्रमुख कैलास नायकले वडाध्यक्ष जगतबहादुर जिसीलाई ५० हजार रकम बराबरको चेक गरेका थिए । कार्यक्रमको अवसरमा वडालाई खुला दिसामुक्त घोषणामा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई कदर पत्रले सम्मान गरिएको थियो । वडास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजना तथा शिवराज नगरपालिका, जिल्ला खानेपानी तथा सरसफाई कार्यालयको सहयोगमा वडालाई खुला दिसामुक्त घोषणा गरिएको हो । खुला दिसामुक्त घोषणामा युनिसेफ नेपालको प्राविधिक सहयोग रहेको बताइएको छ