fbpx
Spread the love

जितपुर(कपिलवस्तु) १२ मसिंर
नेपाली काग्रेस घरदैलोसगै पार्टी प्रवेश गराउने कार्यक्रममा ब्यस्त देखिएको छ । नेकपा एमाले र माओवादी केन्द्रका स्थानिय प्रभावशाली नेता तथा कार्यकर्ता नेपाली काग्रेसमा प्रवेश गर्ने लहर लागेसगै कपिलवस्तु जिल्लामा बामगठबन्धनका नेताहरु अहिले झन तनावमा परेका छन । घरदैलो गर्ने कार्यक्रममा हरेक वडाबाट ४० देखि ६० जना बामगठबन्धनका नेता तथा कार्यकता नेपाली काग्रेसमा प्रवेश गर्ने गरेको नेपाली काग्रेसका जिल्ला नेता डोलकराम घिमिरेले बताएका छन ।

बाणगंगाको हालसम्म घरदैलो भएका ७ वटा वडाबाटै करिव ४ सयको हाराहारीमा अन्य पार्टी नेता तथा कार्यकर्ता नेपाली काग्रेसमा प्रवेश गरेसगै काग्रेसका कार्यकर्ताहरु चुनाव सजिलै जित्न सकिने दावी गर्न थालेका छन । प्राय हरेक दिन नेपाली काग्रेसको घरदैलो कार्यक्रममा बामगठबन्धनका नेता र कार्यकर्ता प्रवेश गर्न थालेपछि त्यसलाई रोक्न बामगठबन्धनले बैठक बोलाई बिभिन्न रणनिति तयार समेत पारेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: OOPS ! content Copyright Protected By Lets Go Media Pvt.LTD ! if you want this content you can simply contact us ! NepaliReport.com