fbpx
Spread the love

सनिउल्ला धोबी,कपिलवस्तु मंसीर १३


नेपाल पाराभेटनरी एण्ड लाइभस्टाक एशोसियसनको २८ अँौ स्थापना दिवस कपिलवस्तुमा मनाइएको छ । दिवसको अवसरमा कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नं ११ को विजयनगर गाउमा पारजिवी नियान्त्रण तथा पशु उपचार शिविर सम्पन्न भएको छ । सो शिविरमा कपिलवस्तुका करिब १ हजार ५ सय पशुको निशुल्क चेकजाच, तथा औषधी वितरण गरीएको नेपाल पाराभेटनरी एण्ड लाइभस्टाक एशोसियसनका केन्द्रीय सदस्य नारायण प्रसाद भटराईले जानकारी दिनुभयो ।
पशुमा देखीएका विभिन्न खाले रोगको पहीचान गरी स्थानियले पालेका पशुचौपयाको निशुल्क उपचार गरेको स्थानियहरु खुसी भएका थिए । कपिलवस्तुका १५ जना पशु प्राविधीक सहयोगमा पशु चौपायाको चेकजाच गरीएको वडा अध्यक्ष जगदिश तिवारीले जानकारी दिनुभयो । कपिलवस्तुको बुद्धभुमी नगरपालिका, महाराजगञ्ज नगरपालिका, शिवराज नगरपालिका, लगायतका स्थानहरुबाट किसानहरुले पशु चौपाय ल्याएका थिए ।
करिब ३ लाख बराबरको औषधी वितरण गरीएको थियो । नेपाल पाराभेटनरी एण्ड लाइभस्टाक एशोसियसन कपिलवस्तुका अध्यक्ष खिम बहादुर टन्डन, महाराजगन्ज नगरपालिका वडा नं ११ का वडा अध्यक्ष जगदिश तिवारी,केन्द्रीय सदस्य नारायण प्रसाद भटराई लगायत रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: OOPS ! content Copyright Protected By Lets Go Media Pvt.LTD ! if you want this content you can simply contact us ! NepaliReport.com