fbpx
Spread the love

जितपुर(कपिलवस्तु) ७ मसिंर ।

नेपाल तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका अध्यक्ष खोम बहादुर सिंह शतिm ठकुरीले स्वतन्त्रताका लागी नेपाली काग्रेसलाई भोट हाली बिजयी गराउन आवश्यक रहेको बताएका छन । नेपाल तरुण दल बाणगंगा नगर कार्य समितिद्धारा चार नः जितपुरमा आयोजित बाणगंगा नगर भित्रका तरुणहरु बिचको भेटघाट कार्यक्रममा अध्यक्ष शतिmले यस्तो बताएका हुन ।

बामपन्थीहरुले चुनाव जिते देशमा प्रजातान्त्रीक बिचार धारा बोक्ने युवा देखि जो कोहीलाई पनि बाच्न गाह्रो हुने बताउदै स्वतन्त्रताका लागी तरुण जाग्ने बेला आएको बताए । साथै बैठकले हरेक बुध देखि वडाहरुमा तरुण परिचालन गर्न जिम्मेवारी बाडफाड गरेको छ । कार्यक्रम नेपाली काग्रेसका जिल्ला नेता रुक बहादुर भुसाल, दुनिका भुसाल, नेपाली काग्रेस बाणगंगा नगर सचिव रामजि सेन, तरुण दलका क्षेत्रीय सभापति तिलक थापा लगायतले सो अवसरमा आआफनो धारणा राखेका थिए । बाणगंगा नगर भित्रका २ सय बढि युवाहरुको सो अवसरमा सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: OOPS ! content Copyright Protected By Lets Go Media Pvt.LTD ! if you want this content you can simply contact us ! NepaliReport.com