fbpx
pul vasiyeko kapilvastu
Spread the love

विकासका काम सरकारको चुनावी एजेण्ड र प्रचार प्रसारमा मात्र सिमित

सनिउल्ला धोबी, कपिलवस्तु बैशाख १३

सरकारको चुनावी एजेण्ड र प्रचार प्रसारमा मात्र सिमित रहेको हुलाकी राजमार्गको पुल भासीएको छ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका अन्तरगत जमुनी नजिकै हुलाकी राजमार्गमा निर्माण गरीएको पुल भासीएको हो । पुल कमजोर भएका कारण भासीएको हुन सक्ने महाराजगञ्ज नगरपालिकाका इन्जिनियर राजेश शैनीले बताउनु भयो । आज विहान स्थानियले तौलिहवाबाट महाराजगञ्ज आउदै गरेका अवास्थामा पुलको बारेमा जानकारी गराएपछी इन्जिनियर शैनीले पुलको स्थालगत अनुगमन गरेको बताउनु भयो । पुल भासीएको देखेपछी आवत जावत गर्ने यात्रीलाई सावधानी पुर्वक हिडन आग्रह गर्नु भयो । राणाकालीन समयदेखि नै चिठ्ठीपत्र आदान(प्रदान गर्न मधेशको वस्ती हुँदै पूर्व(मेचीदेखि पश्चिम महाकालीसम्म हुलाकीहरु हिँड्थे । त्यसैले यसलाई हुलाकी राजमार्ग नामाकरण गरिएको हो । हुलाकी राजमार्गअन्तर्गत पूर्वदेखि पश्चिमसम्मको सडक ९७५ किलोमिटर छ । यस्तै राजमार्गबाट मधेसको सदरमुकामसम्म जोड्ने करिव ३२ वटा सडकहरु ८ सय १७ किलोमिटर बराबरका छन् । यसरी सबै सडकको कुल लम्बाई जम्मा १ हजार ७ सय ९२ किलोमिटर रहेको छ ।

 

०६९ जेठ २४ गतेको मन्त्रीस्तरीय निर्णयबाट तोकिएको हुलाकी राजमार्गको रेखाङकन अनुसार कुल लम्बाई १७९२.४२ किलोमिटर रहेकोमा हालसम्म ६७.८४ किलोमिटर सडकमात्रै कालोपत्रे भएको छ । बाँकी सडकखण्ड ग्राभेल र माटोको छ । हाल २ वटा सडकहरु (लम्की, टिकापुर र धनगढी सती) ६७.८४ किमी सडक कालोपत्रेमा स्तरोन्नति भइसकेको र प्रथम चरणका बाँकी अन्य सडकहरुको ठेक्का अन्त्य भइसकेकोले पुनः टेण्डर प्रक्रियामा रहेको विकास समितिको प्रतिवेदनमा उल्लेख छ ।
समझदारीअनुसार भारत सरकारले निर्माण गर्ने सबै सडकहरुमा पर्ने पुलहरुको निर्माण नेपाल सरकारले आफ्नो श्रोतबाट गर्नुपर्ने छ । पहिलो चरणका सडकहरुमा आवश्यक पुलहरु र केही दोश्रो चरणमा परेका केही ठूला पुलहरुको निर्माण थालनी गरिसकिएको छ । यस आयोजना अन्तर्गतका सडकहरुमा साना ठूला गरी करीब १५० भन्दा बढी पुलहरुको आबश्यकता देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: OOPS ! content Copyright Protected By Lets Go Media Pvt.LTD ! if you want this content you can simply contact us ! NepaliReport.com