AP1 टेलिभिजनले आयोजना गरेको नेपाल आइडल सिजन १ का बिजेता बुद्धलामाको स्वोरमा रहेको नयाँ गित सार्वजनिक भएको छ । तिम्रो मायामा बोलको गित बिहिबार Hightlights नेपालको युतुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । हिमांशु राइमाझीको शब्द रहेको उक्त गित निकै राम्रो बनेको छ । गीतमा दिलिप समनको संगीत रहेको छ भने यसको एरेन्ज बब्बु प्रधानले गरेका छन् ।

सार्वजनिक गरिएको गीतमा राजू ग्याबक र सिर्जना जीसीको रोमान्स देख्न सकिन्छ जसलाई मिलन शंकरले छायांकन गरेका हुन् । Real Time Creationमा यसको अडियो रेकर्ड गरिएको हो भने तिम्रो मायाको निर्देशन दिलिप समानले गरेका हुन् ।

हेर्नुहोस भिडियो