कपिलवस्तु, २३ फागुन ।

गाेप्य सुराकीका अाधारमा खानतलास गर्दा कपिलवस्तु प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेकाे छ । कपिलवस्तु शिवराज नगरपालिका-९ अंचलपुर बस्ने ४० वर्षीय दुर्गाबहादुर रोक्कालाई बिहीबार बिहानै विभिन्न हातहतियार सहित प्रहरीले पक्राउ गरेको हाे । उक्त क्षेत्रमा हातहतियार सहित मानिसहरु लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक रवि रावल सहितकाे प्रहरीटाेलीका साथ सशस्त्र प्रहरी बल समेतका टिमले खानतलासी गर्दा उनको घरमा लुकाई छिपाई राखेको अवस्थामा विभिन्न हातहतियार सहित उनलाई फेला पारेको हो । उनको घरबाट एसएमजी २ थान, त्यसको गोली ६८ राउण्ड, त्यसको म्यागजीन ३ थान, पेस्तोल १ थान, त्यसको म्यागजीन १ थान, त्यसको गोली ३ राउण्ड, ५.५६ क्यालिभरको १ सय ३१ राउण्ड, थप म्यागजीन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा (२५ केजी) बरामद भएको छ । हतियार सहित फेला पारी निजलाई नियन्त्रणमा लिने क्रममा तत्काल भागेपछि प्रहरीले नियन्त्रणमा लिन फायर गर्दा बायाँ खुट्टामा गोली लागेर उनी घाइते भएका छन् । उनलाई उपचारको लागि बुटवलतर्फ लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।