fbpx
Nepali report logo
Spread the love

सीताराम चौधरी चन्द्रौटा(कपिलवस्तु), ११ भदौ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले आइतबार कपिलवस्तुको चन्द्रौटामा कार्यकर्ता प्रशिक्षण एवं कोणसभा सम्पन्न गरेको छ ।
नेपाल कम्यूनिष्ट पार्टीले तीन महिने पार्टी सुदृढीकरण तथा प्रतिरोध अभियान अन्तर्गत सो कार्यक्रम गरेको हो । विप्लव नेतृत्वको कम्यूनिष्ट पार्टीले देशव्यापी अभियानका क्रममा चन्द्रौटामा प्रचारात्मक कार्यक्रम गरेको जिल्ला इन्चार्ज संगम पुनले जानकारी दिनुभयो । चन्द्रौटा होटलमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा जिल्ला इन्चार्ज पुन र जिल्ला सेक्रेटरी संघ प्रसाद थारुले सहजीकरण गरेका थिए । प्रशिक्षण कार्यक्रममा झण्डै एक सय पार्टी अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको जिल्ला पार्टी सदस्य नरेन्द्र थापाले जनाउनुभयो ।
प्रशिक्षण पश्चात पार्टीले चन्द्रौटा चोकमा कोणसभा गरेको थियो । कोणसभामा जिल्ला इन्चार्ज संगम पुनले हरेक निकायमा जनतालाई सहज र छिटोछरितो सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । मालपोत, नापी, प्रशासनमा सर्वसाधारणलाई बढी दुःख दिने, घुस नभई काम नगरिदिने जनगुनासो बढेकाले पार्टीले कडा निगरानी बढाउने समेत जिल्ला इन्चार्ज पुनले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: OOPS ! content Copyright Protected By Lets Go Media Pvt.LTD ! if you want this content you can simply contact us ! NepaliReport.com