fbpx
Nepali report logo
Spread the love

जनकपुर, भदौ १८

गृहमन्त्री जनार्दन शर्माले मतदानका लागि नागरिक आतुर रहेको बताउनुभएको छ । गृहमन्त्रालयद्वारा जनकपुरमा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले प्रदेश नं. २ मा असोज २ गते हुने स्थानीय तहको चुनावमा मतदान गर्न नागरिक आतुर रहेको बताउनुभयो ।

बाढी र डुबानका कारण मधेसमा चुनावी उत्साहमा केही प्रभाव पारेपनि बाढी प्रभावितको राहत, पुनर्स्थापना र चुनावी सुरक्षा दुवै काम सँगसँगै भइरहेको उहाँले जानकारी गराउनुभयो । उहाँले मधेसमा आवरुद्व भएका सडकको पुनर्निर्माण कार्य चुनावलाई दृष्टीगत गर्दै दु्रत गतिमा भइरहेको समेत दाबी गर्नुभयो ।

सरकार चुनावको लागि पूर्ण सक्षम रहेको बताउँदै मन्त्री शर्माले चुनाव विरोधी गतिविधि कदापी स्वीकार नगर्ने चेतावनी दिनुभयो । मन्त्री शर्माले चुनावको सुरक्षा र बाढी प्रभावितको राहत र पुनर्स्थापनामा कुनै कसर नरहने स्पष्ट पार्नुभयो ।

प्रदेश नम्बर २ का आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा निकायका प्रमुखसँग जिल्लाभित्रको चुनावी अवस्थाको विषयमा मन्त्री शर्माले जानकारी लिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: OOPS ! content Copyright Protected By Lets Go Media Pvt.LTD ! if you want this content you can simply contact us ! NepaliReport.com