Spread the love

 जितपुर(कपिलवस्तु) १० मसिंर ।

bomb in deepkumar

कपिलवस्तुको बाणगंगा भलडसडवामा नेता दिप कुमार उपाध्यायको घर भएका कारण बारम्बार माओवादीको बम आक्रमण गरेपछि उहाँ तौलीहवा बस्न थाल्नु भएको बाध्यता बुझेको भडसडवाबासीले बताएका छन । बारम्बार माओवादी मार्ने उदेश्यले बम आक्रमण गरेपछि तपाई यहाँ बस्दा तपाई सगै हामीलाई पनि अफ्ठयारो पर्न सक्ने बताउदै गाउलेहरु भेला भएर उहाँलाई अन्य ठाउमा बस्न आग्रह गरेको बताएका छन । जे भए पनि म यहाँ बाट जादीन भन्ने दिप कुमारले हाम्रो लागी भएपनि जानु भनेपछि मात्र उहाँ गएको भडसडवाका कुमार थारु बताउछन । उहाँ पछि त्यही पनि क्षतबिच्छेत भएको घरलाई मर्मत गरी बस्न आउदा हामी निकै खुशी भएको थारु बताउछन । घर आउदा जहिले पनि यहाँको बिकासका लागी पहल गर्ने उपाध्याय आफै जनताको काम गर्न जिल्ला बिकाससमिति , प्रशासन कार्यालय धाउने गरेको हिजो जस्तै लाग्ने गरेको त्यहाँका ७७ बर्षी सुकदेव थारु बताउछन । अहिले केही समाचारमा बिकास बिरोधी भनि आएको मैले सुनेको बताउदै उनले दिप कुमारनै यहाँको बिकासलाई उचाईसम्म पु¥याएको उनी बताउछन । शान्ती सम्झौता पछि अहिले दिप कुमार भडसडवाको घरलाई मर्मत गरि बस्न थालेका छन । उनको घरमाथी माओवादीले उनलाई मार्ने उदेश्यले १३ पटक बम आक्रमण गरेका थिए ।

published by subodh Regmi

HamroSagarmatha parent website :

like our officaial facebook page