fbpx
Naya-Shakti-Party-Nepal-Flag
Spread the love

जितपुर(कपिलवस्तु) ८ असौज ।
नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला परिषद कपिलवस्तु निकट राष्ट्रिय युवा अभियान कपिलवस्तु को सचिवालय वैठक सम्पन्न भएको छ ।
जिल्ला को चारनम्बर जितपुर स्थित एक पार्टी प्यालेसमा बसेको बैठकले राष्ट्रिय युवा अभियान कपिलवस्तु संयोजकमा उमेस बन्जाडे लाई चयन गरेको छ । वैठकमा नयाँशक्ति पार्टी नेपालका अन्तरिम केन्द्रिय परिषद सदस्य तथा कपिलवस्तु जिल्ला संयोजक नारायण खनाल ले पार्टीको मार्गदर्शक सिद्धान्त तथा आधारतत्व हरु बारे भनाई राख्दै उँहाले कपिलवस्तुका ३ लाख युवाहरुको नेतृत्व गर्ने अवसर का साथै समृद्ध नेपाल निर्माण गर्ने चुनौती विच युवा नेतृत्व तहलाई तयार रहन आग्रह गर्नूभयो ।
त्यस्तै नयाँशक्ति पार्टी नेपाल अन्तरिम केन्द्रिय परिषद सदस्य तथा राष्ट्रिय युवा अभियान केन्द्रिय सचिवालय सदस्य जि.एस गुरुङ ले केन्द्रिय निती तथा कार्यक्रम बारे प्रशिक्षणमुलक भनाई राख्नु भएको थियो । वैठकले कपिलवस्तु का पाँचवटा निर्वाचन क्षेत्रमा संयोजक तोक्नु का साथै विभिन्न विभाग का संयोजकहरु समेत चयन गरेको उक्त संगठनको जिल्ला प्रचार विभाग ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: OOPS ! content Copyright Protected By Lets Go Media Pvt.LTD ! if you want this content you can simply contact us ! NepaliReport.com