fbpx
deepkumar upadhya
Spread the love

अशोक पौडेल जितपुर(कपिलवस्तु)

deepkumar upadhya

कपिलवस्तु क्षेत्र नः १ का प्रतिनिधि सभाका उमेद्धवार दिप कुमार उपाध्यायले एक प्रेस बिज्ञप्ती निकाल्दै बाणगंगाको मोतिपुरमा आफुले पैसा बाढेको कुरा हल्ला मात्र भएको बताएका छन । चुनाव नजिकिदै जादा पराजित मानसिकताले आफुलाईबदनाम गर्न केही नेता र पत्रकार पछि लागेको बताउदै यसको जवाफ जनता स्वयमले २१ गते दिने उनको बिज्ञप्तीमा उल्लेख रहेको छ । मोतिपुरमा प्रगति युवा क्लवले राखेको कार्यक्रममा ३ जना बृद्धबद्धाहरुलाई सम्मान गर्नेकार्यक्रम रहेको र सोही क्रममा आयोजक क्लवले दिएको रकमको पत्र र दोसल्ला ओडाएर सम्मान गरेको उनले प्रस्ट पारेका छन । आफुले निर्वाचन आचार सहिंता अनुसार प्रचारमा लागेको र यहाँका जनताले दिप कुमारले चुनाव जित्न छल गर्न नजानेको बुझी सकेको बताउदै मित्रवत वातावरणमा आफु चुनाव लडी रहने बिज्ञप्तीमा उल्लेख छ । प्रतिपक्षको बदनाम गरेर चुनाव नजित्ने अनुभव आफुसगं रहेको र अरुलाई बदनाम गरेर भन्दा आफनो राम्रो पक्ष प्रचार गरेर चुनाव जित्नु सुन्दर लोकतन्त्रको उदारण हुने बिज्ञप्तीमा उल्लेख छ ।

published by Subodh Regmi

HamroSagarmatha parent website

like our officaial facebook page 🙂

One thought on “पैसा बाडेको कुरा हल्ला मात्र ः दीपकुमार उपाध्याय

  1. Yo Kura satya hoina aja samma sojha Janta lai masu raksi badera chub jitne banile kapilvastu ko Bikash ma dhyan nadiyko vanne bujhinxa
    Aja kapilvastu aru jilla ko tulna ma Bikash ma paxi pare ko jilla ho

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: OOPS ! content Copyright Protected By Lets Go Media Pvt.LTD ! if you want this content you can simply contact us ! NepaliReport.com