fbpx
balbalika
Spread the love

सुवास योञ्जन÷दोलखा


भीमेश्वर नगरपालिका स्थित साविक बोच गाविसका बालबालिकाहरुले आफनो कुरा सुन्नु पर्ने बताएका छन् । स्थानीय बाल क्लबकी अध्यषक्ष कुस्मितिा कार्कीले त्यहाँका नव निर्वाचित अध्यक्ष नकूल केसीलाई भेटेर बाल ल्कवले उठाएका कुराहरु स्थानीय सरकारले कायृक्रममा समाबेश गर्न भनेकी छन् । यसरी वालक्लबले उठाएका कुराहरु सम्झाउन बोचमा आयोजित एक कार्यक्रममा धेरै बालबालिका आएका थिए । बालबालिकाका कुरा सुने पछि वडा अध्यक्ष केसीले नगरपालिकाको कार्यपालिका बैठकमा यो सवाल राख्ने र नगर सभाबाट कार्यक्रम स्वीकृत गर्ने बताएका थिए ।

कुनै पनि समाजको विकासको स्तरलाई त्यहाँको बालबालिकाको अवस्थाले प्रतिनिधित्व गरिरहेको हुन्छ भन्ने भनाईलाई यो प्रसंगले प्रमाणित गर्दछ । अहिले देशका धेरै स्थानीय तहमा बालबालिका कुरा सुन्ने संस्कृति विकास भएको छ । नयाँ निर्वाचित जनप्रतिनिधिहरु बालबालिकाको सर्वाङ्गीण विकासका लागि देशै भर कार्यक्रमको खाका बनाउन तल्लीन छन् । भीमेश्वर नगरपालिकामा यही मान्यताका आधारमा बालमैत्री शासन उन्मूख नगरपालिका बनाउन विभिन्न अभियान चलिरहेको छ ।

नेपाल सरकारले बालबालिकाको अधिकार संरक्षणको लागि संयुक्त राष्ट्रसंघीय महासन्धि १९८९ लाई अनुमोदन गरेको छ । नेपाल बाल अधिकारसम्बन्धी महासन्धिलगायतका २० वटा भन्दा बढी महासन्धिको पक्ष राष्ट्र हो । नेपालले पक्ष राष्ट्रका हैसियतले तिनीहरूको सम्मान गर्ने र बालअधिकार कार्यान्वयनको प्रत्याभूति गर्न देशै भरी बालमैत्री स्थानीय शासनको अभियान जारी रहेको छ । स्थानीय तहको पुनर्सरचना पछि भीमेश्वर नगरपालिकाको सीमामा आवद्ध तत्काली बोच गाविस यस अघि नै बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने घोषणा गरेको छ ।
बालबालिका भन्नाले शारीरिक, मानसिक, बौद्धिक एवं संवेगात्मक रुपमा विकासको क्रममा रहेका कम उमेर भएका मानिसलाई भनिन्छ । नेपालमा बालबालिकाको हक हितको संरक्षण गरि तिनीहरुको शारीरिक, मानसिक, संवेगात्मक र बौद्धिक विकास गर्न बालबालिकासम्बन्धी ऐन २०४८ लागू भएको छ । यस ऐनको परिच्छेद १ धारा २ मा व्यवस्था गरिएको परिभाषा अनुसार “बालक” भन्नाले १६ वर्ष उमेर पूरा नगरेको बालबालिका सम्झनु पर्छ भनिएको छ । तसर्थ, यस ऐन अनुसार १६ वर्षमुनिका व्यक्तिलाई बालबालिका मानिन्छ । यद्यपि, बाल अधिकारसम्बन्धी महासन्धि १९८९ अनुसार १८ वर्षभन्दा कम उमेरका प्रत्येक मानव जातिलाई बालबालिका मानिएको छ । यसरी अन्तर्रा्ष्ट्रिय रुपमा १८ वर्ष मुनिका व्यक्तिलाई बालबालिका मानिएपनि नेपालको राष्ट्रिय कानून अनुसार १६ वर्ष मुनिका नै बालबालिका हुन् ।

भीमेश्वर नगरपालिका—८ का वडा अध्यक्ष केसीले बालबालिका शारीरिक तथा मानसिक हिसाबले खास समूहमा रहेको हुँदा तिनीहरूको अधिकार र भलाइका कुनै पनि कसर बाँकी नराख्ने बताउँछन् । यसैमा उनको थप भनाई छ, समाजमा प्रत्येक बालबालिकालाई मर्या्दित जीवन बाँच्न सहयोग र समर्थनको खाँचो छ । नेपालको संविधान २०७२ को मौलिक हकअन्तर्गत धारा ३९ मा बालबालिकाको हकको व्यवस्था गरिएको छ । यो संबैधानिक व्यबस्थाको कार्यन्वयन गर्ने जिम्मा पनि स्थानीय सरकारको नै हो ।
बोचकी वडा सचिब सरतिा भण्डारीका अनुसार वडाले बाल विकास बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक आदि पक्षमा आउने सम्पूर्ण परिमाणात्मक र गुणात्मक परिवर्तनको सिंगो प्रक्रियालाई हेरिरहेको बताइन् । तर वडा तहलाई कार्यक्रम बनाउने अधिकार भए पनि स्वीकृत गर्ने अधिकार नभएकाले नगरपालिकाको केन्द्रबाट आउने कार्यक्रमको पर्खाइमा रहेको उनको जिकिर थियो । वडा तहमा रहेर सामाजिक परिचालनका माध्यमबाट हरेक बालबालिकालाई खाना, शिक्षा, मनोरञ्जन, खेल, आराम आदिको अधिकारका बारे भने निरन्तर बहस पैरवी गरिरहेको उनको भनाई थियो । बालबालिकाले स्नेही पारिवारिक वातावरणमा आमाबावु वा अभिभावकको माया ममता, रेखदेख र स्याहार पाउने अधिकार राख्छन् । जसबाट उनीहरूको चौतर्फी विकास हुन सक्छ । बाल विकासमा अझ प्रारम्भिक र बाल्यावस्थाको पहिलो एक हजार दिन स्वर्ण समय मानिन्छ । यसमा पनि कामभईरहेको छ भण्डारीले थपिन् ।
यही प्रसंगमा सामाजिक परिचालक उषा बस्नेतले थपिन् बच्चा गर्भमा रहँदाको अवधि २७० दिन र बच्चा जन्मेर २ वर्षसम्मको अवधि ७३० दिन गरी जम्मा १००० दिनलाई प्रारम्भिक बाल्यावस्थामा स्वर्ण दिन भन्ने गरिन्छ । वैज्ञानिकहरूको भनाइ अनुसार उचित अवसरबाट ५ वर्ष्भित्र नै ९० प्रतिशत बौद्धिक विकास हुन सक्छ । जीवनको पहिलो ५ वर्ष मानव चरित्रको निर्माण, अवधारणाहरूको विकास र सामाजिकीकरण र सकारात्मक संवेगहरूको जग बस्ने समय हो । त्यसै कारण प्रारम्भिक बाल विकासले मानव जीवनको जग बसाउने भूमिका निर्वाह गर्छ । यसैमा वडामा अहिले बिशेष कार्यक्रम छ ।

स्थानीय देबी उच्च माविकी प्रधानाध्यापक करुणा बस्नेत भने शिक्षा आर्जन गर्नुलाई बाल अधिकारका रुपमा बुझन ाग्रह गर्छिन् । भन्छिन् कुनै ज्ञान वा सीप सिक्नु, कुनै पनि नयाँ कुराको खोजअनुसन्धान गर्नु, नयाँ अनुभव प्राप्त गर्नु तथा बालवालिकामा हुने व्यवहारिक अनुभवजन्य परिवर्तनलाई नै उनीहरुको कुराको सुनुवाइ हो । उनको तर्क छ, नयाँ–नयाँ अनुभवले व्यक्तिको जीवनमा परिवर्तन ल्याउँछ र अनुभव प्राप्त गर्ने प्रक्रिया जीवनपर्यन्त रहन्छ । शिक्षाले व्यक्तिको जीवनमा चेतना अभिवृद्घि गर्ने, सीप विकास गर्ने, चिन्तन शक्ति बढाउने, समझदारीमा विकास गर्ने, धारणामा परिवर्तन ल्याउने, असल व्यवहारको विकास गर्ने जस्ता सर्वाङ्गीण व्यक्तित्व विकास गर्ने कार्यहरू गर्छ ।

शिक्षा मानव जीवनको अनिवार्य र आधारभूत विषय हो भन्ने भनाई रादै प्रधानाध्यापक बस्नेतले थपिन बालअधिकार महासन्धी १९८९ ले प्राथमिक शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने कुरा स्पष्ट गरेको छ । त्यस्तै, नेपालको संविधान २०७२ ले भाग ३ मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था गरेको छ । प्रत्येक नागरिकले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने, अपाङ्गता र आर्थिक रूपले विपन्न नागरिकले निःशुल्क उच्च शिक्षा पाउने हकको व्यवस्था गरेको छ । त्यसैगरी, धारा ३९ मा बालबालिकाका हक अन्तर्गत प्रत्येक बालबालिकालाई परिवार तथा समाजबाट शिक्षा दिइनुपर्ने उल्लेख छ । तसर्थ, शिक्षालाई ज्ञान, सीप र प्रविधिले योग्य जनशक्ति उत्पादन गर्ने माध्यमको रूपमा लिइन्छ ।

बालबालिकाका प्रत्येक क्रियाकलापलाई व्यक्तिगत रुपमा अवलोकन गरी सामान्य भूल तथा असफलताका बेलामा पनि प्रेरणा र हौसला दिने गरेमा उनीहरुको सही विकासका लागि थप टेवा पुग्छ । प्रत्येक बालबालिकालाई व्यक्तिगत रुपमा नै सहयोग गर्नु पर्छ, किनकी सबै बालबालिकाको प्रकृति, स्वभाव र क्षमता एकै प्रकारको हुँदैन । उनीहरुको प्रतिभा र क्षमताका आधारमा उचित अवसर र उत्प्रेणा प्रदान गरिनु पर्छ । घर परिवारका साथै विद्यालयमा बालबालिकाहरुले पाउने माया, प्रेरणा र सहयोगको महत्वपूर्ण स्थान हुन्छ । अझ घरपरिवारबाट आधार नपाएका बालबालिकाहरुका लागि त शिक्षकको माया र प्रेरणाको महत्वपूर्ण स्थान रहन्छ । तर, बालबालिकालाई अनावश्यक रुपमा बढी निर्देशन र दबाबमा राख्न खोज्यो भने उनीहरुको सिर्जना र अन्वेषण गर्ने शक्तिमा ह्रास आउँछ, साथै बालअधिकार हनन् पनि हुन्छ । बालबालिका कुरा घर परिवार, विद्यालय, बाल क्लब, समुदाय, संघ, संस्था, स्थानीय सरकार तथा राष्ट्रिय स्तरका निकायहरूलगायत अन्तर्रा्ष्ट्रियस्तरमा समेत सुन्नु पर्छ । यस्तो कुरा सुने पछि मात्र परिणाममू िनीति र कार्यक्रम बनाउन सकिन्छ ।
—साभारः बालमैत्री स्थानीय शासन मीरेष्ट लेखमाला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: OOPS ! content Copyright Protected By Lets Go Media Pvt.LTD ! if you want this content you can simply contact us ! NepaliReport.com