fbpx
jay
Spread the love

जय बहादुर रोकाय,

जुनिचादे गाउँपालिका १० जाजरकोट

अहिलेको २१ औ शताब्दिमा संसारभर तिब्र रुपमा कम्पुटर प्रविधिको विकास भइरहेको छ । त्यो विकास भइरहेको  कम्पयुटर प्रविधिलाई शिक्षण सिकाई क्रियाकलापमा जोड्न अहिलेको अपरिहार्य आवश्यक्ता हो । विकसित देशहरुमा शिक्षण सिकाई क्रियाकलापहरु सम्पुर्ण प्रविधियुक्त भईरहेको पाइन्छ सो कुराको उपयुक्त र सान्दर्भिक प्रविधिलाई नेपालमा भित्र्याउने र शिक्षण सिकाई क्रियाकलापमा जोड्ने नेपालका केहि शहरि र सुविधायुक्त क्षेत्रमा प्रयास भईहेको पाइन्छ ।

नेपाल एक अर्ध विकसित र विकासउन्मुख देश भएकोले सवै क्षेत्रमा कम्प्युटर  विषय शिक्षण गर्ने क्रियाकलाप ठाउअनुसार फरक हुनु स्वभाविक हो । नेपालको विद्यालय तहको पाठ्क्रममा उल्लेख गरिएका उदेश्यहरु सक्षमतामा आधारित छन् । सो सक्षमताहरु हासिल गर्न विद्यालय तहका विद्याथिहरुलाई ठाउंअनुसार फरक फरक क्षमता जस्तो विगतका आँकडाले देखाएको पाईन्छ । त्यस्तै कम्प्युटर विषयमा पनि शहरि क्षेत्र र दुर्गम क्षेत्र विचको नतिजामा केहि खाडल भने पक्कै छन् ।

त्यस्तै जाजरकोट जिल्ला पनि एक दुर्गम क्षेत्रमा पर्ने भएकोले विद्यालय तहको कम्प्युटर  विषय शिक्षण गर्न समय अनुसार भौतिक तथा व्यवस्थापकिय कमजोरिहरु अगन्य मात्रामा रहेका छन् थुप्रै कमजोरिका माँझ पनि शिक्षण क्रियाकलापलाई व्यवहारिक र वस्तुपरक वनाउन सकिने थुप्रै अवसरहरु पनि छन् । जाजरकोट जिल्लामा कम्प्युटर विषय शिक्षणलाई चुनौतिको रुपमा हेर्दा सबैभन्दा पहिला त कक्षा कोठाको  कम्प्युटर विषयको शिक्षण सिकाई क्रियाकलापहरु व्यवस्थित गर्न नसक्नु जिल्लामा कम्प्युटर शिक्षकको कमि हुनु, प्रयोगशालाको अभाव हुनु, कम्प्युटर विषयलाई कण्ठ वा घोकेर पास गर्नु पर्छ र अन्य विकल्प नदेख्नु, सरकारि तह वा सम्वन्धित निकायबाट पहल भई दिएका विभिन्न तालिम तथा शैक्षिक सामाग्रि अनुदानहरुलाई अपहेलनाको तवरले सोच्नु र कक्षा कोठामा प्रयोग नगर्नु भौगोलिक बिकटताका कारण कम्प्युटर विषका विशेषज्ञहरुको र अनुगमनकारी निकायको ध्यान पुग्न नसक्नु कम्प्युटर शिक्षकमा हुनुपर्ने जोस र जागरको कमि हुनु कम्प्युटर विषयलाई शिक्षण गर्दा जिवन र जगतमा जोड्न नसक्नु, कम्प्युटर शिक्षक तथा अन्य विषयका शिक्षकले पनि पाठ्यक्रमका आधारमा नभई परम्परागत पाठ्पुस्तकका आधारमा शिक्षण हुदा सम्वन्धित निकायबाट पाठ्यपुस्तक समयमा नपुगेमा शिक्षण सिकाई क्रियाकलाप रोकिनु, पाठ्यपुस्तक स्तरिय नहुदा विद्यार्थिको सो अध्यनमा समस्या हुनु, विद्यार्थिहरुको क्षमता अविबृधि गर्न विद्यालय विद्यालय विच र विद्यार्थिहरु विच विषयगत प्रतियोगितात्मक क्रियाकलापहरु नहुनु शिक्षकहरु विच कम्प्युटर  विषय शिक्षणका क्रममा उच्च माद्यामिक, माद्यामिक, निम्नमाद्यामिक र प्राथामिक तह हरुमा तहगत विषय शिक्षकको समन्वय नहुनु अविभावकहरुले विद्यालयमा आफ्नो छोरा छोरीको प्रगति विवरण नमाग्नु सम्वन्धित निकाय गा.वि.स,विद्यालय र जिल्ला शिक्षा कार्यालयबाट विद्यालयप्रति अविभावक सचेतना कार्यक्रमहरु संचालन नहुनु, ब्यबस्थिक कम्प्युटर प्रयोगशाला नुहुनु अहिले सबै तहमा कम्प्युटर शिक्षा अनिबार्य भए पनि यसको लागु हुन नसक्नु, भौगोलिक बिकटताका कारण माद्यामिक तह (९-१२) मा कम्प्युटर शिक्षा प्रणालि लाागु हुन नसक्नु, र अन्य कम्प्युटर शिक्षा हासिल गर्नको लागि प्राविधिक शिक्षा जस्तै १५ महिने  TSLC  in computer Engineering (J.C.T) ३ बर्षे Diploma in Computer Engineering जस्ता कोर्षहरु पढाई हुने शिक्षणसस्थाहरु नहुनु, र प्रयाप्त बिधुतको अभाब हुनु, कम्प्युटर विषय शिक्षण गर्दा प्रयोजना कार्य अन्तरगत कम्प्युटर विषय शिक्षणमा सगाउ पु¥याउने शिक्षण सामाग्रि निमार्णका लागि शिक्षक विद्यालय प्रशासन  जिल्ला शिक्षाबाट उपयुक्त निर्देशण र कदमहरु नचालिनु आदि जाजरकोट जिल्लामा रहेका समस्या तथा चुनौतिहरु हुन् । यि चुनौतिका विचमा पनि जिल्ला शिक्षा कार्यालय विद्यालय प्रशासन अविभावक र शिक्षक सवैको समन्वयकारि भुमिकाबाट जाजारकोट जिल्लामा कम्प्युटर  प्रविधि र उपलब्ध जनशक्तिको प्रयोग गरि समस्या र चुनौतिहरुलाई अवसरमा वदलि शिक्षालाई गुणस्तरिय बनाउन सकिन्छ ।

कम्प्युटर विषय अध्ययन गर्दा प्रयोग हुने बिभिन्न स्रोत साधन र प्रविधिको प्रयोगबाट बनाई कम्प्युटर शिक्षणमा प्रयोग गरि शिक्षाको गुणस्तर बढाउन सकिन्छ । जाजरकोट जिल्लामा कम्प्युटर  शिक्षकहरु सञ्जाल गठन गरि ज्ञानको आदान प्रदान गरि नयाँ शिक्षण विधिको खोज गरि उपयक्त विधिको प्रयोग गरि कम्प्युटर विषयको गुणस्तर बढाउन सकिन्छ । कम्प्युटर विषयको शिक्षणलाई जीबन र जगतमा जोडि परम्परागत विधि तथा शिपलाइ कम्प्युटर सैद्धान्तिक कुरामा जोडि विद्यार्थिहरु माझँ प्रेरणा जगाई विद्याथिहरुलाई अनुशन्धानमुखि सोचको बिकास गराउन सकिन्छ जस्तै : हामिले QBASIC मा एउटा SUM (जोड ) निकाल्ने प्रोग्राम  बनाउछौ त्यो SUM (जोड )  कसरि निकालिन्छ भनेर बिद्यार्थिहरुले आफै कम्प्युर मा प्रोग्राम लेखेर आफै यगतउगत निकाल्न सक्नुपर्छ, त्यसैले भनेका सबै शिक्षण सस्थाहरुमा कम्प्युटर शिक्षा अध्यन गर्दा आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध हुन जरुरि छ जस बाट कम्प्युटर शिक्षणलाई गुणस्तरिय बनाउन सकिन्छ । विद्यार्थिहरु पढेको पाठलाई प्रत्यक्ष अवलोकन गराई उनिहरुको सिर्जनात्मक क्षमताको विकास गराउन सकिन्छ आदि अवसरहरु जाजरकोटमा उपलब्ध हुन आबश्यक छ । जिल्लामा रहेका सवै शिक्षाप्रेमि सरोकारवाला शिक्षक संघ सँगठन विद्यार्थी संगठन अविभावक सवै तर्फबाट शिक्षालाई ब्यबहारिक वनाउनुपर्छ भन्ने आवाज नउठेको होइन तर अब आवाज मात्र होइन प्रत्यक्ष ब्यबहारमा देखाउन पनि जरुरि छ । त्यसैले शिक्षालाई ब्यबहारिक बनाउनका लागि ब्यहारिक विषयहरु जस्तै कम्प्युटर विषयलाई तत्काल ब्याबहारमा उतार्न जरुरि देखिन्छ ।

बिभिन्न ठाउमा तथा विद्यालयहरुमा भैरहेको  शैक्षिक अनुभुतिले के देखाउछ भने शैक्षिक तथा कम्प्युटर सामाग्रिहरुको प्रयोग गरि शिक्षण गर्दा विद्याथिहरु माँझ आत्मविस्वास बढेको सिर्जना तथा उत्पेरणाको विकास भएको, शिक्षण गरेको कुरा विद्याथिहरु माँझ दिगो सिकाइ भएको सिकाइ क्षमतामा तिब्र छिटो सिक्ने क्षमताको विकास भएको पाइन्छ त्यसैले शिक्षण सिकाइ क्रियाकलापमा प्रभावकारिता ल्याउनका लागि शैक्षणिक सामाग्रि उपयुक्त रुपमा प्रयोग गरि शिक्षण क्रियाकलापमा रमाउने बानिको बिकास गर्न जरुरि छ र् कम्प्युटर शिक्षा लाई अझ बेबस्थित तरिकाले अध्यन अध्यापन गराऊनका लागि नेपाल सरकारले पनि विभिन्न कदमहरु चल्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: OOPS ! content Copyright Protected By Lets Go Media Pvt.LTD ! if you want this content you can simply contact us ! NepaliReport.com